सोनी युकेको नयाँ अध्यक्षमा कोइराला

लण्डन । सोसाइटी अफ नेपिलज इन्जिनियर्स इन (सोनी) युकेमा नयाँ कार्य समिति चयन भएको छ ।

अगष्ट १२ र १३ मा लण्डनमा सम्पन्न पाँचौँ साधारण सभाले रुद्र कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा हरि नेपाल, महासचिवमा डा रविचन्द्र कोइराला, सचिवमा सज्ञान खरेल, कोषाध्यक्षमा प्रियन्का रेग्मी सर्वसम्मतिले निर्वाचित हुनुभएको छ । सदस्यहरुमा मनोज पुन, दर्पन गौतम र सुजन शर्मा चयन भएका छन् ।

चौथो कार्यसमितिका अध्यक्ष संयुक्त श्रेष्ठको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो भने संचालन डा विदुर घिमिरेले गरेका थिए ।

कार्यसमितिले दुई वर्षे कार्यकालमा गरिएका प्रगतिको विवरण पेश गरेका थिए । साधारणसभाले ती प्रतिवेदनलाई पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री