संगठन विस्तार गर्दै गेसो

लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले यही सेप्टेम्बर १९ मा हुने चौथो राष्ट्रिय महाधिवेसनलाई केन्द्रीत गरी संगठन विस्तार र पुनर्गठनलाई जोड दिएको छ ।

गेसोका सभापति कृष्णकुमार राईका अनुसार गेसो जिल्ला कार्य समिति सुन्सरीको अधिबेशनबाट हरि बहादुर राईको अध्यक्षतामा ७ सदस्सीय जिल्ला कार्य समिति गठन भएको छ ।

यस्तै केन्द्रीय सभापति कृष्ण कुमार राईको प्रमुख आतिथ्यमा र गेसो जिल्ला कार्य समितिको अध्यक्ष बिष्णु कुमार याक्सोको अध्यक्षतामा ललितपुर जिल्ला कार्यसमितिको चौथो अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले पुन: बिष्णुकुमार याक्सोको अध्यक्षतामा ११ सदस्सीय नयॅा जिल्ला कार्य समितिको गठन गरेको छ ।

यसैगरी ललितपुर जिल्ला महिला कार्य समितिको चौथो अधिवेसन पनि सोही दिन सम्पन्न भएको छ र अधिवेसनले ईन्द्र कुमारी राईको अध्यक्षतामा ७ सदस्सीय महिला जिल्ला कार्य समिति गठन गरेको छ ।

यस्तै गेसो जिल्ला कार्य समिति काठमाण्डुका अध्यक्ष सुनिता गुरुडको अध्यक्षतामा र प्रमुख अतिथि सभापति कृष्ण कुमार राईको प्रमुख आतिथ्यमा गेसो काठमाण्डु जिल्ला कार्य समितिको चौथो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले सुनिता गुरुडको अध्यक्षतामा ९ सदस्सीय गेसो काठमाण्डु जिल्ला कार्य समिति गठन गरेको छ ।

यसैगरी गेसो बागमति प्रदेशको अधिवेसनले बीरध्वोज राईको अध्यक्षतामा ७ सदस्सीय प्रदेश समिति गठन गरेको छ ।

सभापति राईले अझै पूर्वका मोरङ, झापा, पश्चिमका पोखरा, बुटबलमा कार्यसमितिको अधिवेसन गर्ने तयारी हुँदै गरेको बताए । नेपालका धेरै गेसोका पदाधिकारी र सदस्यहरु बेलायत गएका कारण कार्यसमिति सानो बनाउनु परेको पनि उनले बताए ।

केन्द्रीय महाधिवेसन अगावै बेलायतमा पनि शाखा समितिहरुको अधिवेसन गरिने र शाखा विस्तार गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री