नेपाली नर्सलाई बेलायत ल्याउने बाटो खुल्यो

समझदारी पत्रमा हस्ताक्षरपछि राजदुत पोलिट र श्रम सचिव एकनारायण अर्याल

काठमाडौँ । नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन् । रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । उनीहरुले पाँच वर्षका लागि बेलायतमा काम गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री