लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्रीमा नियुक्त

तस्वीर पीए मिडिया

लण्डन । बेलायतको नयाँ प्रधानमन्त्रीमा कन्जरभेटिभ पार्टीकी नेता लिज ट्रस नियुक्त हुनुभएको छ ।

उनलाई बेलायती महारानी एलिजावेथ द्वितीयाले स्कटल्याण्डस्थित बालमोराल क्यासल मा भेटी नयाँ सरकार गठन गर्न अनुरोध गर्नुभएको थियो । ट्रसले महारानीको अनुरोध स्वीकार गरेपछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । यसअघि सोमबार ट्रस कन्जरभेटिभ पार्टीको नयाँ नेता चयन हुनुभएको थियो ।

आजै प्रधानमन्त्री बोरिस जोन्सनले पदबाट राजिनामा दिएका थिए । उनी पनि महारानीलाई भेट्न स्कटल्याण्ड पुगेका थिए ।

ट्रस बेलायती महारानीको कार्यकालमा नियुक्त हुने १५ औँ प्रधानमन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री