महारानीको निधनपछि शोकमा डुब्यो बेलायत

FILE (AP Photo/Frank Augstein, Pool, File)

लण्डन । सात दशकदेखि राष्ट्र प्रमुखको रुपमा रहेकी बेलायती महारानी एलिजावेथ द्वितीयको विहीबार असामयिक निधनपछि बेलायत राष्ट्रिय शोकमा डुबेको छ ।

महारानीको बेलायतका विभिन्न स्थानका निवास तथा कार्यालयहरुमा सर्वसाधारणले उनीप्रति समवेदना व्यक्त गर्न फूल तथा मैनबत्तीहरु बालेका छन् ।

उनको मुख्य कार्यालय बकिङघम पालेस, निवास बिन्जर क्यासल, निधन भएको बालमोराल क्यासल, सान्ड्रिघम लगायतका स्थानमा सर्वसाधारणले पुष्पगुच्छा तथा मैनबत्ती प्रज्वलन गरेका छन् ।

उता महारानीको निधनमा आज बेलायतका चर्चहरुमा घन्टी बजाउने तथा उनको उमेर अनुसार ९६ तोपको सलामी शुक्रबार दिउँसो दिइँदैछ ।

महारानीको निधनपछि उत्तराधिकार सम्हालेका उनका ज्येष्ठ सुपुत्र राजा चार्ल्स तृतीय आज नै स्कटल्याण्डबाट लण्डन आइ देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो समाचार लेख्दासम्म महारानीको अन्तिमसँस्कारको मिति तय भइसकेको छैन तर राजपरिवारमा राष्ट्रिय शोक मनाउन शुरु भएको छ र यो अन्तिम सँस्कारको एक सातासम्म कायम रहने बताइएको छ ।

महारानी बेलायत लगायत १४ वटा मुलुकको राष्ट्र प्रमुख रहेकी थिइन् ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री