बेलायती महारानीको अन्त्येष्ठी सेप्टेम्बर १९ मा

लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्ठी सेप्टेम्बर १९ मा हुने भएको छ ।
उनको अन्तिम सँस्कारको मिति शनिबार तय गरिएको हो । सो दिन बेलायतमा राष्ट्रिय विदा घोषणा गरिएको छ ।
महारानीको अन्तिम सँस्कार राजकीय सम्मानका साथ लण्डनको वेष्टमिन्स्टर आबेमा हुने छ भने अन्त्येष्ठीका लागि विन्जर चापलमा लगिने भएको छ ।
महारानीको शव यात्रा आइतबार बिहानबाट नै शुरु भएको छ । उनको देहान्त भएको स्कटल्याण्डको बालमोराल क्यासलबाट आइतबार बिहान उनको शब स्कटल्याण्डको राजधानी एडिनबरास्थित महारानीको निवास पालेस अफ होलिरोड हाउसमा ल्याइएको छ । सोमबार महारानीको शबलाई सेन्ट जाइल्स क्यासलमा लगिने छ ।
मंगलबार उनको शवलाई स्कटल्याण्डबाट हवाइजहाजमा लण्डन ल्याइने छ । सेप्टेम्बर १५ देखि चार दिनसम्म महारानीको शव वेष्टमिन्स्टर आबेमा सर्वसाधारणलाई अन्तिम बिदाईका लागि राखिने छ ।
महारानीको अन्तिम सँस्कार अघि नवनियुक्त राजा चार्ल्स तृतीय, क्वीन कन्सोट कमिला र प्रधानमन्त्री लिज ट्रसका साथ बेलायतका चार वटै राज्यको भ्रमण गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री