बेलायती महारानीप्रति आजदेखि सर्वसाधारणले श्रद्धान्जलि व्यक्त गर्न पाउने

लण्डन । बेलायती महारानी एलिजावेथ द्वितियप्रति श्रद्धान्जलि व्यक्त गर्न आजदेखि उहाँको शवमा सर्वसाधारणको पहुँच खुला गरिँदै छ ।

उहाँको शवलाई मंगलबार स्कटल्याण्डबाट बकिङ्घम पालेस ल्याइएको छ । बुधबार दिउँसो २: २२ मा उहाँको शवलाई बकिङघम पालेसबाट वेस्ट मिन्स्टर हलमा लगिने छ । त्यसपछि सर्वसाधारणहरुलाई उहाँप्रति श्रद्धान्जलि व्यक्त गर्न खुला गरिने छ ।

सर्वसाधारणहरुलाई चार दिनसम्म श्रद्धान्जलि व्यक्त गर्न दिइने छ । त्यसपछि सेप्टेम्बर १९ मा उहाँको अन्त्येष्ठी गरिने छ ।

महारानीको अन्तिम सँस्कारमा सहभागी हुनका लागि विश्वका प्राय सबै देशका राष्ट्रप्रमुखहरुलाई निमन्त्रणा गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन लण्डन आउने निश्चित भइसकेको छ । यसैगरी विश्वका अन्य नेताहरु, राजपरिवारहरु पनि आउने तय भइसकेको छ ।

सेप्टेम्बर ८ मा बालमोरालस्थित निवासमा महारानीको निधन भएको थियो । उहाँको शवलाई स्कटल्याण्डको एडिनबरामा रहेको निवास तथा सेन्ट जाइल्स क्यासलमा राखिएको थियो ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री