लण्डनमा दुई प्रहरीमाथि छुरा प्रहार

लण्डन । मध्य लण्डनमा शुक्रबार दुई जना प्रहरीमाथि छुरा प्रहार भएको छ ।
उक्त घटनालाई आतङ्कवादसँग सम्बन्धित नठानिएको महानगरीय प्रहरीले जनाएको छ ।
लण्डनको लेस्टर स्क्वायर नजिकै उक्त ब्यक्तिले प्रहरीमाथि चक्कु प्रहार गरेको थियो । छुरा प्रहारबाट घाइते भएका दुई अधिकारीको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
आक्रमणकारीलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग गरिएको थियो । आक्रमणकारीलाई आपतकालीन कामदारमाथि आक्रमण गरेको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्न लाखौं मानिस आउने तयारी गरिरहेका बेला यो घटना भएको हो । सर्वसाधारणलाई सुरक्षित राख्न प्रहरी अधिकारीहरु आगामी केही दिन लण्डनभरि तैनाथ रहने बताइएको छ ।
लण्डनका मेयर सादिक खानले शुक्रबार एक वक्तव्य जारी गर्दै उक्त आक्रमण ‘अत्यन्तै डरलाग्दो’ र ‘लज्जास्पद’ भएको बताएका छन् । खानले भन्नुभयो, “यी साहसी अधिकारीहरूले हाम्रो देशको लागि यस महत्वपूर्ण समयमा आफ्नो कर्तव्य पूरा गरिरहेका थिए र जनतालाई सहयोग गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री