बेलायती महारानीको अत्येष्टिमा परराष्ट्र मन्त्री खड्का सहभागी हुने

काठमाडौँ । परराष्ट्र मन्त्री डा नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
बेलायतको राजधानी लन्डनमा रहँदा उहाँले महारानीलाई श्रद्धाञ्जलि तथा राजकीय अन्त्येष्टिमा सहभागी हुनाका साथै ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी मन्त्री खड्का बकिङ्घम दरबारमा राजाको स्वागत समारोह तथा त्यहाँका विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा समेत सहभागी हुनुहुनेछ । मन्त्री खड्का आगामी असोज ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री