बेलायतमा ब्याजदर फेरि बढ्यो

लण्डन । बढ्दो मुद्रास्फितिलाई नियन्त्रण गर्न बैँक अफ इङल्याण्डले पुन: ब्याजदर बढाएको छ ।

बैँकको मौद्रिक नीति समितिले यसअघि २.२५ प्रतिशतमा रहेको आधारभूत ब्याजदरलाई बढाउँदै विहीबार ३ प्रतिशत पुर्याएको छ । यो सन् २००८ को विश्वव्यापी आर्थिक मन्दी यताकै सबैभन्दा उच्च ब्याजदर हो ।

यसका साथै बैँकले आगामी दिनमा ब्याजदर अझ बढ्ने पनि बताएको छ भने बेलायत यस शताब्दीकै सबैभन्दा लामो आर्थिक मन्दीमा प्रवेश गरिसकेको पनि खुलासा गरेको छ ।

बैँकका अनुसार बेलायतको अर्थतन्त्र ओराली लाग्न शुरु गरिसकेको र सन् २०२४ को मध्यबाट मात्र आर्थिक मन्दीबाट बाहिर आउन सक्ने छ । यसअघि सन् २०२३ को अन्त्यमै आर्थिक मन्दी सकिने बैँकको प्रक्षेपण रहेको थियो ।

नयाँ ब्याजदर सँगै अब स्ट्याण्डर्ड भेरियबल ब्याजदरमा रहेकाहरुले मोर्गेजवापत मासिक करिब ५० पाउण्ड थप किस्ता पर्नेछ ।     

प्रतिक्रिया

सम्बन्धित सामाग्री