प्रवासी नेपाली मञ्च युकेद्वारा एमालेलाई चुनावका लागि २५ लाख सहयोग


लण्डन । प्रवासी नेपाली मंच बेलायतले नेपालमा हुन गइरहेको आमचुनावमा नेकपा एमालेलाई सहयोगस्वरुप करिब २५ लाख रुपियाँ पठाएको छ ।
मञ्चको आइतबार सम्पन्न भर्चुअल बैठकमा मञ्चका कार्यबाहक अध्यक्ष सुरेशजंग शाहले सो जानकारी दिएका हुन् ।
प्रवासी नेपालीहरुका धेरै सवालहरुमा नेकपा एमालेले सहयोग गरेको र एमालेको विजयबाट प्रवासी नेपालीहरुको धेरै मुद्दाहरु समाधान हुने भएकाले सो सहयोग गरिएको मञ्चले बताएको छ ।
मञ्चले करिब दुई महिना लगाएर सो सहयोग अभियान सम्पन्न गरेको थियो ।
बैठकमा हालै काठमाडौँमा सम्पन्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको सहसचिवमा निर्वाचित कर्णबहादुर शाही, सदस्यहरु राजेन्द्र पुडासैनी, सुरेन्द्र थपलिया, सरस्वती केसी र कल्पना त्रिपाठीलाई बधाई दिइएको थियो । साथै सो सम्मेलन सफलताका साथ सम्पन्न गरेकोको निवर्तमान अध्यक्ष भक्त गुरुङलाई धन्यवाद दिइएको थियो ।
बैठकले निर्वाचनमा एमालेलाई जिताउन केदार थपलियाको संयोजकत्वमा एक समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री