उत्तरी आयरल्याण्डका लागि पर्यटन सद्भावना दुतमा मोक्तान नियुक्त

लण्डन । बेलायतमा नेपालीको सबैभन्दा पुरानो संस्था यति नेपाली एसोसिएसन युकेका पूर्व अध्यक्ष उमेशराज मोक्तान उत्तरी आयरल्याण्डका लागि पर्यटन सद्भावना दुत नियुक्त भएका छन् ।
नेपाल सरकारको डिसेम्बर २३ को मन्त्रिस्तरीय निर्णयबाट मोक्तानलाई सो पदमा नियुक्त गरिएको सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
मोक्तानलाई सद्भावना दुत निर्देशिका दफा ७ बमोजिम चार वर्षका लागि सो पदमा नियुक्त गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री