अल्डरसटको इष्ट स्टेशन रोडमा अन्तिमपटक देखिएका थिए किरण पुन

किरण पुन र उनी अन्तिमपटक देखिएको स्थान

लण्डन । डिसेम्बर १ देखि बेलायतमा बेपत्ता किरण पुन सो दिन अन्तिमपटक अल्डरसटको इष्ट स्टेशन रोडमा देखिएको प्रहरीले जनाएको छ ।

एक महिनाभन्दा लामो समयदेखि सम्पर्कविहीन पुनका बारेमा अनुसन्धान गरिररहेको ह्याम्पसायर प्रहरीले उनी सो दिन साँझ ७ बजेर ३८ मिनेटमा इष्ट स्टेशन रोडमा देखिएको बताएको छ ।

त्यसदिन उनी एम्सबरीबाट रेल चढेर फार्नब्रो आएका थिए । फार्नब्रोबाट रुट नम्बर १ को बस चढेर अल्डरसट स्टेशनमा झरेका थिए । त्यसपछि हिँड्दै इष्ट स्टेशन रोडसम्म पुगेको प्रहरीले बताएको छ । त्यसपछि उनी कता गए भन्ने पत्ता लाग्न सकेको छैन । प्रहरीका अनुसार उनी जानसक्ने तीन वटा बाटा छन् । डिटेक्टिभ इन्स्पेक्टर आडम एडवार्डका अनुसार स्टेशनबाट दक्षिणतर्फ हिँडेका उनी सेन्ट जर्जेज रोड र सेन्ट माइकल्स रोडको चौबाटोमा पुगेको पाएका छौँ । त्यसपछि उनी दक्षिणतर्फ लागेर मानोर पार्कतर्फ, उत्तर पूर्वतर्फ लागेर अल्डरसट हाइस्ट्रिटतर्फ वा दक्षिण पश्चिम लागेर मानोर वाकतर्फ लागेका हुनसक्छन् ।

उनले सो क्षेत्रको सिसिटिभी फुटेज वा रीङ फुटेज हेरेर प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई अपील गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री