प्रचण्डमाथि मुद्दा दर्ता गरिएकोमा जनप्रगतिशील मञ्च बेलायतको भर्त्सना

लण्डन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध द्वन्द्वकालिन घटनाको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा दायर गरिएकोमा जनप्रगतिशील मञ्च बेलायतले भर्त्सना गरेको छ ।
मञ्चले बुधबार एक विज्ञप्ति जारी गर्दै यस कार्यले बृहत शान्ति सम्झौताको बर्खिलाप गरेको र यसले संक्रमणकालिन न्याय प्रक्रियालाई समाधान गर्न सहयोग नपुर्याउने बताएको छ ।
मञ्चले अदालतमार्फत शान्ति सम्झौतालाई उल्लंघन गर्न कोसिस भइरहेकोमा सोको कडा प्रतिवाद गर्न र शान्ति प्रक्रियालाई बिथोल्ने कार्य तत्काल रोक्न पनि सम्बन्धित पक्षसित आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री