राजदुत आचार्यले बुझाए माल्टाका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र

लण्डन । माल्टाका समेत राजदुत रहनुभएका बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले गणतन्त्र माल्टाका राष्ट्रपति डा जर्ज भेल्लासमक्ष ओहोदाको प्रमाण पत्र पेश गर्नुभएको छ ।

ओहोदाको प्रमाण पत्र ग्रहण गर्नुहुँदै राष्ट्रपति भेल्लाले आचार्यलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो । साथै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदुत आचार्यले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट माल्टाका राष्ट्रपति तथा माल्टाका नागरिकहरूको सुस्वास्थ्य र सुखका लागि पठाइएको सन्देश सुनाउनुभएको थियो । साथै राजदुत आचार्यले नेपालको पछिल्लो राजनीतिक, सामाजिक र आर्थिक विकास तथा वर्तमान सरकारको विकासका प्राथमिकताका बारेमा जानकारी दिनुभएको थियो ।

सो अवसरमा अहिलेको आपसी सम्बन्ध पर्यटन, शिक्षा, रोजगारका अवसर तथा माल्टामा रहेका नेपाली समुदायमार्फत अझै विस्तार गर्न दुवै सहमत भएका थिए ।

सो अवसरमा राजदुत आचार्यकी श्रीमती सुनिता आचार्य र दुताबासकी तृतीय सचिव पुनम पाण्डे पनि सरिक थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री