फार्नब्रोमा घरजग्गामा लगानीसम्बन्धी सेमिनार हुँदै

लण्डन । बेलायतको फार्नब्रोमा घरजग्गामा लगानीका सम्बन्धमा निशुल्क सेमिनारको आयोजना गरिएको छ ।
पेपरवर्क्स सोल्यूसन्स, किङ्सगेट मोर्गेज, ब्रिज स्टेट एजेन्ट र एस टीआइएजएमको संयुक्त आयोजनामा हुन लागेको सो सेमिनार फार्नब्रो कलेज अफ टेक्नोलोजी, फार्नब्रोमा अप्रिल १ तारिखमा हुनेछ ।
सो सेमिनार बेलायतमा घरजग्गा बजारमा लगानी गर्न इच्छुक सबैलाई लक्षीत गरी आयोजना गरिएको आयोजकमध्येका एक पेपरवर्क्स सोल्यूसन्सका श्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस व्यसायमा पहिल्यै अनुभव लिइसकेका र लगानी गर्ने सोच बनाइरहेका दुवैका लागि सेमिनार उपयोगी हुनेछ ।
सेमिनारमा सर्टिफाइड चार्टर्ड अकाउण्टेन्ट श्रेष्ठका साथै मोर्गेज एडभाइजर प्रजेश श्रेष्ठ, प्रोपर्टी इन्भेष्टर चन्द्र गुरुङ र ब्रिज स्टेट एजेन्टका प्रबन्धकहरू लाउरा स्कानलान र जेसन जोन्स पनि वक्ताका रूपमा रहेका छन् । श्याम श्रेष्ठ विगत १५ वर्षदेखि अकाउण्टेण्टका रूपमा कार्यरत छन् भने मोर्गेज एडभाइजर श्रेष्ठसित ११ वर्षको अनुभव छ। उता ब्रिज स्टेट एजेन्ट ह्याम्पसायरकै प्रमुख स्टेट एजेन्ट हो । उनीहरूले बेलायतमा प्रोपर्टी क्षेत्रको नयाँ अवस्था, अवसरहरू र उत्तम अभ्यासका बारेमा जानकारी दिने बताइएको छ ।
सेमिनारमा सहभागीहरूलाई प्रश्नोत्तर गर्न, आफ्नो अनुभव साट्न र अरू लगानीकर्ताहरूसित सन्जाल बनाउने अवसर उपलब्ध हुने छ ।
सेमिनारमा सहभागी हुन चाहनेहरूलाई क्यूआर कोड स्क्यान गरी रजिस्टर गर्न आयोजकले अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री