आइएमई लण्डनले ल्यायो नयाँ वर्षमा विशेष योजना

लन्डन । आईएमई लन्डनले नेपाली नयाँ वर्ष २०८० को अवसरमा विशेष योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले पैसा पठाउँदा उत्कृष्ट सटही दर (एक्सचेञ्ज रेट) पाउने छन् । यो सटही दर अहिले पैसा पठाउँदा उपलब्ध हुने सबैभन्दा उत्कृष्ट दर भएको दाबी आइएई लण्डनको छ ।
आइएमई लण्डनले बेलायतमा बसोबासरत ग्राहकहरुलाई विश्वभर जुनसुकै स्थानमा पनि पैसा स्थानान्तरण गर्न सेवा प्रदान गर्दै आएको छ । विभिन्न अवसर र चाडपर्वहरुमा यसले ग्राहकहरुका लागि विशिष्ट अफरहरु ल्याउँदै आएको छ ।
हाल आइएमई लण्डनले भाग्यशाली ग्राहकहरुलाई आइफोन तथा विभिन्न उपहारहरु दिने योजना पनि सञ्चालन गरिरहेको छ ।
आइएमई लण्डन बेलायतमा दर्ता भएको तथा बेलायतको हिज म्याजेस्टी रेभेन्यू एण्ड कस्टम्स (एचएमआरसी) र फाइनान्सियल कण्डक्ट अथोरिटी (एफसिए) बाट नियमन भएको रेमिटेन्स कम्पनी हो । यसले सन् २००७ देखि बेलायतबासी ग्राहकरुलाई पैसा हस्तान्तरण सेवा उपलब्ध गराउँदै आएको छ ।
यसको मुख्य कार्यालय पेन्टेक्स हाउस साउथ ह्यारो लण्डनमा छ भने थप जानकारी वेभसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट आइएमईलण्डन डटको डट युकेबाट पनि प्राप्त हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री