बेलायतमा ‘समकालिन बेलायती समाजमा नेवा:’ सेमिनार सम्पन्न

लण्डन । पासा पुच गुथी लण्डनले ‘समकालिन बेलायती समाजमा नेवा:’ विषयमा सेमिनार आयोजना गरेको छ ।

सोआस युनिभर्सिटी अफ लण्डनमा आयोजित सो सेमिनारमा १२ वक्ताले आफ्नो प्रस्तुति दिएका थिए भने करिब ७० जना सहभागी थिए ।

कला र सँस्कृति, भाषा र परिकार, विज्ञान, इन्जिनियरिङ, प्रविधि तथा चिकित्सा तथा वित्त र उद्यमशीलता गरी चारवटा सत्रमा सो सेमिनार विभाजन गरिएको थियो ।

सेमिनारको मुख्यवक्तामा प्रोफेसर जेरार्ड टोफिन रहेका थिए । टोफिन फ्रान्सेली सामाजिक मानवशास्त्री हुन् । उनले नेपाल र नेवाका बारेमा अध्ययनमा विशेषज्ञता हासिल गरेका छन् ।

सेमिनार पास पुच गुथी युके लण्डनका महासचिव लिसा दली श्रेष्ठले स्वागत गरी शुरु भएको थियो । त्यसपछि अध्यक्ष रुक्मिणी मानन्धरले सम्बोधन गरेकी थिइन् । सेमिनारका संयोजक मधुसुधन कायस्थले सेमिनारको उद्देश्य माथि प्रकाश पार्नुका साथै सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

कला र सँस्कृति सत्रको अध्यक्षता संयुक्त श्रेष्ठले गरेका थिए । वक्ताहरूमा पत्रकार सुविना श्रेष्ठ, कलाकार सन्दीप तुलाधर, लेखक क्रिस्टिना चित्रकार रहेका थिए । भाषा र परिकार सत्रको अध्यक्षता प्रोफेसर डेभिड गेल्नरले गरेका थिए । सो सत्रका वक्ताहरूमा डा अलेक्जान्डर जेम्स ओनिल, डा उमा प्रधान, मारिलिना फ्रिसोन रहेका थिए ।

विज्ञान, इन्जिनियरिङ, प्रविधि र चिकित्सा सत्रको अध्यक्षता डा सचेतन तुलाधरले गरेका थिए भने वक्ताहरूमा दीपक श्रेष्ठ, डा कृषा मानन्धर, डा अनिल श्रेष्ठले प्रस्तुति दिएका थिए । चौथो सत्र वित्त तथा उद्यमशीलताको अध्यक्षता ओजेश सिंह डङ्गोलले गरेका थिए । सो सत्रमा प्रजेश श्रेष्ठ, सुरज कर्माचार्य, सुशील प्रजापतिले प्रस्तुति दिएका थिए ।

कार्यक्रमको अन्त्यमा पासा पुच गुथी युकेका बोर्ड अफ ट्रष्टिजका अध्यक्ष ओजेशसिंह डङ्गोलले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री