बेलायतमा ट्रकले हान्दा एक पूर्व गोरखाको मृत्यु

लण्डन । बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत एक पूर्व गोरखा सैनिकको कार्यस्थलमै ट्रकले हानेर मृत्यु भएको छ ।
एक विमान सेवाका लागि खाना तयार गर्ने क्याटरिङमा कार्यरत ६० वर्षीय गोरखा कुमार लिम्बुको मृत्यु भएको हो । उनलाई अप्रिल ११ का दिन ट्रकले पछाडीबाट हानेको थियो ।
एनको घटनास्थलमै मृत्यु भएको बुझिएको छ । तथापि शुरुमा उनको परिवारलाई प्रहरीले फोन गरी कुमार दुर्घटनामा परेको र उपचारका लागि अस्पताल लगिएको बताएका थिए । त्यस लगत्तै घर पुगेको दुई जना प्रहरीले उनको निधन भइसकेको जानकारी दिएका थिए ।
राईले तत्कालीन क्वीन्स ओन लजिस्टिक (क्यूओजीएलआर) मा १५ वर्ष सेवा गरेका थिए । उनी श्रीमती र छोराछोरीका साथ सन् २००७ देखि बेलायतमा बस्दै आएका थिए ।
एनको परिवारले सो दुर्घटनाका बारेमा कानुनी परामर्श गरिरहेको बताएका छन् भने हाउन्स्लो काउन्सिलले त्यस घटनामा स्वास्थ्य र सुरक्षाको नियम पालना उल्लंघन भए नभएको अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री