रसमुरमा धन सार्कीले बाजी मारे, सुमन पुन पुनः पराजित

लण्डन । बेलायतमा विहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली समुदायको अत्यधिक बसोबास रहेको रसमुर काउन्सिलमा उम्मेदवार बनेका धनबहादुर सार्की काउन्सिलरमा निर्वाचित भएका छन् ।
वेलिङटन वडामा लेबोर पार्टीका तर्फबाट उम्मेदवार बनेका सार्कीले ६५२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कञ्जरभेटिभका हार्टले मारी आनले ४१४ म पाइन् । यस्तै लिबरल डेमोक्रयाटिकका लन आइडन डेभिडले ६६ मत पाए ।
उता सोही काउन्सिलमा दोस्रोपटक उम्मेदवार बनेकी सुमन पुनले भने फेरि विजय हासिल गर्न असमर्थ भएकी छिन् । चेरिउड वडामा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेकी पुनले ४७० मत मात्र पाइन् भने लेबोर पार्टीका गिनिस क्रिस्टिन अभ्रीलले ९९४ मत पाएर निर्वाचित भइन् । पुन यसअघि पनि सोही वडाबाट उम्मेवार भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री