काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सुरेन्द्रराज आचार्य नियुक्त भएका छन् । उनले आजै पदबहाली गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले आजै दिउँसो मन्त्रालयमा पदबहाली गर्नुभएको हो । उहाँले बाल विवाहविरुद्धको रणनीति, २०७२ संशोधन सार्वजनीकीकरण गर्ने र सरोकारवालासँग छलफल चलाउने विषयमा पहिलो निर्णय गर्नुभयो ।