नेपालका लागि नयाँ बेलायती राजदुतले जुलाईदेखि कार्यभार सम्हाल्दै

लण्डन । नेपालका लागि बेलायतका नयाँ राजदुत रोब फेनले अर्को महिनादेखि कार्यभार सम्हाल्ने भएका छन् ।
हाल नेपालकी राजदुत निकोला पोलिटले राष्ट्रपति लगायत नेपाली अधिकारीहरूसित विदाइ भेट गरिसकेकी छिन् ।
गत अप्रिलमा राजदुत नियुक्त भएका फेन सम्भवत अर्को महिना नेपाल जानेछन् ।
रोबर्ट डोमिनिक रसल फन पूरा नाम भएका रोब फेन लामो समयदेखि बेलायतको विदेश मन्त्रालयमा कार्यरत छन् । उनी सन् १९८३ मा सो सेवामा प्रवेश गरेका थिए । राजदुत हुनुअघि उनी डेपुटी हाइकमिश्नरका रूपमा बेलायतको विदेश मन्त्रालयमा कार्यरत छन् ।
उनी सन् २०१८ देखि २०२२ सम्म इण्डोनेसियामा उपनियोग प्रमुखका रूपमा कार्यरत थिए । त्यसअघि उनी विदेश मन्त्रालयको मानवअधिकार तथा प्रजातन्त्र महाशाखामा प्रमुखका रूपमा रहेका थिए । उनले ब्रुनाइमा बेलायतको हाइ कमिश्नरको कार्यभार पनि सम्हालिसकेका छन् ।
दुई सन्तानका पिता उनले सेवाका क्रममा इटली, अमेरिका, नेदरल्याण्डस, नाइजेरिया, टर्की, साइप्रस, ग्रीस लगायतका देशमा समय बिताएका छन ।
उनको भिडियोग्राफी, स्पोर्टीफाइ र ब्रम्हाण्डका बारेमा रूचि छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री