एनआरएनए युके सुनिलबाबु समूहको सदस्यता लिने भोलि अन्तिम दिन

लण्डन। सुनिलबाबु खड्का अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ युकेको सदस्यता लिने भोलि अन्तिम दिन रहेको छ ।

खड्काले एक विज्ञप्ति जारी गर्दै भोलि (जुन २३) राति ११:५९ बजेपछि सदस्यता आवेदन प्रक्रिया बन्द हुने बताएका छन् ।

यस्तै, नयाँ आवेदन दिएका वा आवेदन ड्राफ्टमा भएका आवेदकहरुलाई पनि भोलि दिउँसो (जुन २३ ) ५ बजेभित्र प्रक्रिया पूरा गर्न पनि आग्रह गरिएको सदस्यता वितरण समितिका संयोजक रामचन्द्र पोखरेलले जानकारी दिए ।

एनआरएनए केन्द्रको मान्यता पाएको सो समूहले जुलाई २२ मा निर्वाचन गर्ने मिति तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री