रोहित गुरुङको अध्यक्षतामा बेलायतमा हाम्रो स्वाभिमान ट्रष्ट गठन

लण्डन । पतञ्जति योगपीठका आचार्य बालकृष्णको उपस्थितिमा बेलायतमा हाम्रो स्वाभिमान ट्रष्टको घोषणा गरिएको छ ।
पतञ्जलि योगपीठ ट्रष्टकी ट्रष्टी सुनिता पोद्दारले घोषणा गरेको कार्यसमितिको अध्यक्षमा रोहित गुरुङ्ग, उपाध्यक्ष इन्दिरा (सपना) खनियाँ, महासचिव अर्जुन कटुवाल, सचिव अजिता सिम्खडा र कोषाध्यक्ष महेश गिरी रहेका छन् । त्यस्तै सदस्यहरुमा निरुषा भट्टराई पाण्डे, पण्डित निलहरि घिमिरे, खेम बसेल, मेजर (सेवानिवृत्त) पदमबहादुर लिम्बु, मेग गुरुङ्ग र कृष्ण खरेल रहेका छन् ।
कार्यक्रममा सहभागीहरुले पतंजली योगपीठकी साध्वी देवदिती, साध्वी देववाणी र लन्डनस्थित प्रशिक्षकहरुको साथमा योग तथा प्राणायामको अभ्यास गरेका थिए ।
निरुषा भट्टराई पाण्डेले संचालन गरेको कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खड्काले शुभकामना दिएका थिए भने अर्जुन कटुवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
नवगठित कार्यसमितिका अध्यक्ष रोहित गुरुङले सबैलाई धन्यवाद दिए । कार्यक्रममा सेन्ट जेम्स स्कुलकी छात्रा समृद्धि पोखरेलले संस्कृतका श्लोकहरु वाचन गरेकी थिइन् भने कृतिका आचार्यले नृत्य प्रस्तुत गरेकी थिइन् ।

फोटो मिलन तमु गुरुङ

प्रतिक्रिया

सम्बन्धित सामाग्री