धम्पुस परिवार युकेको वार्षिक भेटघाट सम्पन्न

लण्डन । धम्पुस परिवार यूकेको १५  औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

समाजका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा शनिबार फार्नब्रोस्थित सामुयल कोडी स्पोर्टस हलमा भएको सो कार्यक्रमको प्रमुख अतिथि ब्रेकन र धम्पुस भगिनी सम्बन्धका अध्यक्ष डेभिड मेरिडिथ थिए । उक्त वार्षिक भेटघाट कार्यक्रममा विशेष अतिथिहरुमा ब्रेकन र धम्पुस भगिनी सम्बन्धका टिम (माईकल, हेली, कोलिन र आईरिन) धम्पुसे लामागुरु मनबहादुर गुरुङ, धम्पुस पोखरी धोताने परिवार नेपालका अध्यक्ष क्याप्टेन रिटायर्ड बुद्धिमान गुरुङ र बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेका अध्यक्ष हर्क बहादुर गुरुङ थिए । साथमा बेलायत भ्रमणमा रहनुभएका ८ जना धम्पुसेहरु लगायत सम्पूर्ण बेलायतबासी धम्पुसेहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि ब्रेकन र धम्पुस भगिनी सम्बन्धका अध्यक्ष डेभिड मेरिडिथ, सुखवती बौद्ध गुम्बा गाईघाट पोखराका प्रमुख लामा मनबहादुर गुरुङ र समाजका अध्यक्ष कुमार गुरुङले द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । त्यसपछि नेपाल र बेलायतको राष्ट्रिय धुनहरु बजाइएको थियो ।

समाजका महासचिव गोलमान गुरुङले जन्मथलो धम्पुसको बारेमा कविताबाट शुरु गरी सञ्चालन गरेको औपचारिक कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष धनबहादुर गुरुङले मीठो स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा धम्पुसे सफल व्यवसायी कमल गुरुङलाई कास्की जिल्ला फुटबल संघ (एन्फा)को बेलायतका लागि सद्भावना दुतजस्तो गरिमामय पदमा मनोनित हुनु भएको साथै तमु धीँ यूकेको उपाध्यक्षमा चयन भएकोमा हार्दिक बधाई तथा शुभकामना दिए । त्यसैगरी धम्पुसे ज्वाई हर्कबहादुर गुरुङलाई बीसीसी युकेका अध्यक्षमा चयन भएकोमा सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल र हङकङबाट बेलायत भ्रमणमा रहनुभएका सबै धम्पुसेहरुलाई स्वागत सम्मान गरिएको थियो । नव दाम्पत्यमा जोडिएका डा बिबेग गुरुङ र डा अन्जिला गुरुङ साथै मीता गुरुङ र अजित गुरुङलाई बधाई तथा शुभकामना दिए ।

साथै सुदिप गुरुङलाई अवार्ड जितेकोमा विजेता भएकोमा बधाई तथा शुभकामना दिए ।

त्यसैगरी धम्पुस परिवार यूकेको बुहारी नीना गुरुङ बेलायतको स्थानिय तहको निर्वाचनमा लेबर पार्टीबाट मिडवेको पहिलो नेपाली महिला मेयरमा निर्वाचित हुनुभएको र धम्पुसेको छोरी रीना (रन्जिता) गुरुङ १५ जुन २०२३ मा अमेरिका स्थित न्यूयोर्क सिटी सिभिल कोर्टको पहिलो नेपाली न्यायाधीश हुनु भई इतिहास रच्न सफल हुनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रम पूर्ण सफलताको लागि प्रायोजन गर्नुभएका लेप्टेनेन्ट रिटायर्ड जसबहादुर गुरुङ र कुल प्रसाद गुरुङलाई खादाले सम्मान गरिएको थियो ।

उक्त बधाई तथा सुभकामना कार्यक्रममा सबैभन्दा सिनियर लेप्टेनेन्ट रिटायर्ड जसबहादुर गुरुङ, संरक्षक गुप्त बहादुर गुरुङ र अध्यक्ष कुमार गुरुङ साथै वहाँकी श्रीमतीले फूलका गुच्छा र खादाले स्वागत सम्मान गरिएको थियो ।

त्यसैगरी चेलीबेटीहरुले सदा झैँ कोशेलीस्वरुप रोटी र रक्सीले माईतीहरुलाई सम्मान गरे । उक्त रोटी र रक्सी हङकङबाट बेलायत भ्रमणमा रहनु भएका ज्वाई टेकमान गुरुङ र चेली भक्ति गुरुङले प्रायोजन गरेका थिए ।

उक्त कार्यक्रममा चेलीबेटीहरुको तर्फबाट पनि ब्रेकनबाट पाल्नु भएका अतिथि, मेजर रिटायर्ड खुशीमान गुरुङ एमभीओ र श्रीमती मञ्जु गुरुङ र बेलायत भ्रमणमा रहेका धम्पुसेहरुलाई स्वागत सम्मान गरेका थिए । उक्त चेलीबेटीहरुको स्वागत सम्मान कार्यक्रम चेलीबेटीहरुको कोषाध्यक्ष चेली ललिता गुरुङले संचालन गरेका थिए । जसमा श्रीमती राधा गुरुङले चेलीबेटीहरुलाई ३ सय पाउण्ड पनि हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी चेलीबेटीहरुको तर्फबाट श्रीमती जगना गुरुङले माईतीहरुको लागि मीठो मन्तव्य राखिन् । कार्यक्रमका प्रमुख अतिथि काउन्सिलर डेभिड मेरिडिथले समाजले आयोजना गरेको वार्षिक भेटघाट कार्यक्रममा सहभागी हुन पाउँदा एकदमै खुशी लागेको बताउँदै सम्मानित ब्यक्तित्वहरुलाई बधाईसहित शुभकामना दिए । उनले बेलायतमा छरिएर रहेका धम्पुसेहरुलाई नेपाली भिलेज यूके परियोजनामा सहभागिता हुन जोड दिँदै ब्रेकन र धम्पुस बिचको भगिनी सम्बन्ध अझै प्रगाढ हुँदै जाओस् भन्ने शुभकामनाका साथ ब्रेकन घुम्न आउन सबैलाई अनुरोध गरे । औपचारिक कार्यक्रमको अन्तमा समाजका अध्यक्ष कुमार गुरुङले सम्मानित ब्यक्तित्वहरुलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रममा उपस्थित सबैजनालाई धन्यवाद दिए । दोस्रो चरणको सांस्कृतिक कार्यक्रम कुमार गुरुङ र देवेन्द्र गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो । कार्यक्रमलाई थप रोचक र मनोरन्जात्मक बनाउन नेपालबाट बेलायतमा आउनु भएका राष्ट्रिय कलाकारहरुको पनि सहभागिता थियो । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु रमिला न्यौपाने र सागर गुरुङले उत्कृष्ट गीतहरू प्रस्तुत गरेर सबैलाई मन्त्रमुग्ध बनाए । कलाकारहरुको उत्कृष्ट मनमोहक गीतले दर्शक सबैको मन जितेको थियो ।

औपचारिक कार्यक्रमपश्चात प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले ब्रेकनका अतिथिहरु लगायत सम्पूर्ण दर्शकहरुले झुमेर भरपूर मनोरञ्जन लिएका थिए । कार्यक्रममा राफल ड्र प्रथम पुरस्कार आधा तोला सुन र अन्य तीन वटा आकर्षक पुरुस्कारहरु रहेको ‘राफल ड्र’ ले पनि कार्यक्रममा रौनकता थप्यो । उक्त “राफल ड्र“ देवेन्द्र गुरुङले सञ्चालन गरेका थए भने भाग्यशाली विजेताहरुलाई समाजका अध्यक्षले पुरस्कार वितरण गरे ।

उक्त वार्षिक भेटघाट कार्यक्रमलाई अविस्मरणीय हुने गरी विभिन्न स्थानबाट सुनमा सुगन्ध थपी आफ्नो सुन्दर नृत्य देखाउने क्रममा धम्पुसे नानीहरु अवास्था गुरुङ र आर्याना गुरुङले पनि सुन्दर नृत्य देखाएर सबैलाई भरपूर मनोरञ्जन गराइदिनु भएकोमा अध्यक्ष कुमार गुरुङले सम्पूर्ण बेलायतबासी धम्पुसेहरुको तर्फबाट नानीहरु र कलाकारहरुलाई धन्यवाद दिए । कलाकार र नानीहरुलाई सम्झनास्वरुप मायाको चिनो पनि दिइएको थियो । उक्त कार्यक्रममा खाना व्यवस्थापनमा ओजोन एएम रेष्टुरेन्ट, पेय पदार्थमा तीर्थ पुन, सम गुरुङ र हर्क गुरुङ, साउण्ड सिस्टम व्यवस्थापनमा कमल थापा, फोटोग्राफीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमू र भिडियोग्राफीमा कोन्मे इन्टरटेनमेण्टका डाईरेक्टर सन्तोष कोन्मे गुरुङले विशेष भूमिका खेलेका थिए । अन्तमा आफू खुशीको नाच नाचेर कार्यक्रम समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री