गेसोको ३३ औँ स्थापना दिवस मनाइयो

काठमाडौँ । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) को ३३ औँ स्थापना दिवस मनाइएको छ ।

संघका उपसभापति जीतबहादुर राईको सभापतित्वमा ललितपुरमा आयोजित सो कार्यक्रममा बेलायतमा रहेका संघका सभापति कृष्णकुमार राईले गोरखा आन्दोलनको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए । बेलायत सरकारसित भइरहेको वार्ता र गेसोको भावि रणनीतिका बारेमा उनले प्रष्ट्याएका थिए । वार्तालाई विथोल्ने कार्य नगर्न पनि उनले सबैलाई अनुरोध गर्दै यदि कसैले त्यस्तो कार्य गरी वार्ता असफल भएमा गेसोले त्यस्तो व्यक्ति वा संस्थालाई कठघरामा उभ्याएरै छाड्ने बताएका थिए ।

सो कार्यक्रममा गेसो बाग्मति प्रदेश अध्यक्ष वीरध्वज राई, ललितपुर जिल्ला अध्यक्ष विष्णु याक्सो, ललितपुर जिल्ला महिला समिति अध्यक्ष इन्द्रकुमारी राईले पनि मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन उपमहासचिव बुद्धिराज राईले गर्नुभएको थियो ।

गेसोको स्थापना दिवस बेलायतको प्लमस्टिड, अल्डरसट र लण्डनमा पनि मनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री