६६ पृष्ठको राहदानीका लागि आवेदन गर्न दुताबासको अपील

लण्डन । नेपाली राजदुताबास लण्डनले नेपालको विद्युतीय राहदानीका लागि आवेदन गर्दा ६६ पृष्ठको राहदानीका लागि मात्र आवेदन गर्न सरोकारवालासित अपील गरेको छ ।

दुताबासले आज एक सूचना जारी गर्दै नेपाल सरकारको मन्त्रिपरिषदको २०८० जेठ २४ गतेको निर्णयअनुसार ६६ पृष्ठको राहदानीको दस्तुर ३४ पृष्ठको राहदानीसरह बनाइएको र हाल राहदानी विभागबाट ६६ पृष्ठको मात्र राहदानी जारी भइरहेकाले सबैलाई ३४ पृष्ठको राहदानीका लागि आवेदन नगर्न सूचित गरेको हो । दुताबासले आगामी दिनमा पनि ६६ पृष्ठको मात्र राहदानी जारी गरिने योजना रहेको स्पष्ट गरेको छ ।

यसअघि ३४ पृष्ठको राहदानीका लागि दिइएका आवेदनहरूलाई पनि ६६ पृष्ठमा कायम गरिएको र त्यसवापत थप शुल्क नलाग्ने दुताबासले बताएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री