नेपालबाट हराएको एघारौँ शताब्दीको मूर्ति बेलायतबाट नेपाल पठाइयो

लण्डन । नेपाली दुताबास लण्डनले नेपालबाट हराएको पुरानो कला नेपाल फर्काएको छ ।

दुताबासले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार खैरो चुनढुङ्गाको सूर्यदेवताको सो मूर्ति विहीबार नेपाल पठाइएको हो ।

११ औँ शताब्दीमा निर्मित सो मूर्ति कलाकार लैनसिंह बाङ्देलले आफ्नो पुस्ताक ‘स्टोलन इमेजेज अफ नेपाल’ मा उल्लेख गरेका थिए ।

सो मूर्ति सन् १९८५ मा पाटनबाट हराएको अनुमान गरिएको छ ।

दुताबासलाई सो मूर्ति एक नीजि संग्रहकर्ताले बुझाएको बताइएको छ । नेपाल पुगेपछि सो मूर्ति पुरातत्व विभागमा बुझाइने छ ।

७९ सेन्टीमिटर उचाइ, ४९ सेन्टीमिटर लम्बाइ र १५ सेन्टीमिटर चौडा रहेको सो मूर्ति ४१ किलो तौलको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री