एनआरएनए यूकेको दोस्रो कार्यकालका लागि लिए प्रेम गाहामगरले सपथ

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको दोस्रो कार्यकालको अध्यक्ष पदमा प्रेम गाहामगरले सपथ लिएका छन् ।
शनिबार अल्डरसटमा सम्पन्न महाधिवेसनबाट ११ औं कार्यसमितिका लागि गाहामगरको अध्यक्षतामा ५४ सदस्सीय नयाँ कार्यसमिति निर्विरोध घोषणा गरिएको हो । कार्यक्रममा निर्वाचन प्रमुख आयुक्त विश्वासदीप तिगेलाले नयाँ कार्यसमितिलाई शपथ गराए । निर्वाचन समितिमा सदस्य सचिव रुद्र थापामगर र टेकबहादुर थापा थिए ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री र निर्वाचन समिति पदाधिकारीले निर्वाचित कार्यसमितिलाई फेटा, खादा र प्रमाणपत्र प्रदान गरे ।
शपथ ग्रहणपछि अध्यक्ष गाहामगरले स्टेजमा आफ्ना आमाबाबुलाई ढोगेर आर्शीवाद लिएका थिए ।
२० हजार ७०७ सदस्य बनाएका नवनिर्वाचित अध्यक्ष गाहामगरले सम्बोधन गर्दै विषम परिस्थितिबीच पनि आफ्नो कार्यसमितिले ४७ वटा प्रमुख काम गरेको विवरण प्रस्तुत गरे ।
उनले अबको कार्यकालमा एक मात्र एजेण्डा वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । यस अभियानमा आफ्नो टिमलाई विगत जस्तै सहयोग गर्न पनि उनको आग्रह छ ।
उनले आफूप्रति विश्वास गरेर सदस्यता लिएका सबै पञ्जीकृत सदस्यहरु, अग्रज अभियन्ता, सल्लाहकारहरु, सहयोगी तथा शुभचिन्तक सबैप्रति आभार समेत व्यक्त गरे ।
को को आए नयाँ कार्यसमितिमा ?


गाहामगर नेतृत्वको कार्यसमिति उपाध्यक्षहरुमा भरतमणी चोङवाङ लिम्बु, तीर्थबहादुर मल्ल (अनिल), चम्पा थापा मगर (गोर्खा), नम्रता घले गुरुङ (महिला) र अमृत घले छन् । महासचिवमा प्रमिला लाबुङ राई, सचिवमा किरण राई, धीरज राई र महिला सचिवमा हेमकला गुरुङ राना निर्विरोध निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा रविन गुरुङ, सह–कोषाध्यक्षमा झलक पुन, महिला संयोजकमा अमृता गिरी गजुरेल र युवा संयोजकमा विशाल राई निर्वाचित भए ।
त्यसैगरी, सदस्यहरुमा धनबहादुर तामाङ पाख्रिन, चेतन राना, आवेश राई, देव राना, मनिकला राई गुरुङ, निकेश लिम्बु, विश्व गुरुङ, तारा गर्वुजा, सबु सेञ्चुरी, कमल पुन, वृहस्पति बराल मगर, नवीन पौडेल, एण्डरसन (एन्डी) राई, खगेन्द्र थापा मगर, तीर्थकुमार थापा (ब्रुस), मेक्सी गुरुङ, असल लिम्बु, नवराज घले (नबु) र दिलिप गलामी निर्वाचित भएका छन् ।
त्यसैगरी, आइसीसी सदस्यहरुमा रिचर्ड गुरुङ, विमला लिम्बु, कुमार थापा, ओम थापा काउचा, फूलप्रसाद कंडेल, भक्त दर्जी, प्रवेश केसी र लिला सेलिङ माबो निर्वाचित भए ।
राज्य परिषदअन्तर्गत वेल्सको अध्यक्षमा मोति प्रसाद पुन, उपाध्यक्ष दीपक सुब्बा, सचिव रम सारु, सह सचिवमा श्रीराम थापा मगर, कोषाध्यक्षमा रत्न राई र सहकोषाध्यक्षमा पदम पुन निर्विरोध निर्वाचित भए ।
सदस्यहरुमा प्रकाश गुरुङ, खगेन्द्र यङ्देन लिम्बु, सीता गुरुङ राई, युवराज पुन, सुवास राई, कल्पना कङदङ्वा लिम्बु र भोजनारायण रेग्मी छन् ।
इङल्याण्ड, स्कटल्याण्ड र नर्दन आयरल्याण्ड राज्य समन्वय परिषद पछि घोषणा गरिने बताइएको छ ।
सचिव प्रमिला लाबुङले सञ्चालन गरेको पहिलो सत्र प्रमुख अतिथि एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, विशेष अतिथि किरात याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष प्राध्यापक प्रेम येक्तेन लिम्बु, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर लगायतले उद्घाटन गरेका थिए ।
सम्बोधनका क्रममा प्रमुख अतिथि योगेन क्षेत्रीले प्रधानमन्त्रीको रोहवरमा हालै भएको सम्झौताको मर्मअनुरुप एकताको अधिवेशन हुनुपर्नेमा त्यसो नगरिएको आरोप लगाए ।
विशेष अतिथि किराँत याक्थुङ चुम्लुङ नेपालका अध्यक्ष प्राध्यापक प्रेम येक्तेन लिम्बुले नयां निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिंदै गाहामगर नेतृत्वले साझा एकताका लागि पहल गरोस् भन्ने शुभकामना दिए ।
कार्यक्रमका विशेष अतिथि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङले निर्वाचित अध्यक्ष प्रेम गाहा भएकाले उनको अधिवेशन नै आधिकारिक भएको र यसमा द्धिविधा हुनु नपर्ने प्रष्ट पारे ।
एनआरएनए आइसीसी उपाध्यक्ष थर्क सेनले सहमति अनुसार प्रेम गाहामगरको अध्यक्षतामा एकीकृत अधिवेशन गर्नु पर्नेमा त्यसो नगरिएकोप्रति दुःख व्यक्त गरे ।
समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबीइ) ले वंशजको नेपाली नागरिकता निरन्तरता अभियान नछाड्न सुझाव दिंदै यसको नेतृत्व प्रेम गाहामगरले गर्न सक्ने विश्वास आफूमा रहेको बताए ।
कार्यक्रममा खगेन्द्र पाठक, राष्ट्र राई, ओम थापा काउचा, डेभिड गुरुङ, प्रवेश केसी, सूर्य नेम्वाङ, दलबहादुर थापा, रत्न राई लगायतले शुभकामना तथा बधाई दिएका थिए ।
कार्यक्रममा प्रवक्ता भरतमणी चोङवाङ लिम्बुले स्वागत मन्तव्य दिएका थिए । ’मगर गट ट्यालेन्ट २०२२’ स्वेच्छा पुनले स्वागत नृत्यसहित अन्य आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् भने गायक गायिका मनसुदन थापा र पूर्णकला बिसीले गायनमार्फत मनोरन्जन दिलाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री