ईलाम समाज बेलायतको वार्षिक भेला सम्पन्न

लण्डन । ईलाम समाज बेलायतको वार्षिक भेला सम्पन्न भएको छ ।

शनिबार अल्डरसटको इम्पायर हलमा करिब ३०० भन्दा बढीको संख्यामा सो भेटघाट मनाइएको थियो ।

समाजले सन् २००९ देखि हरेक वर्षको गृष्म ऋतुमा भेटघाट कार्यक्रम आयोजना गर्दै आइरहेको छ।

कार्यक्रममा बेलायतका विभिन्न ठाउँहरूमा बसोबास गर्दै आउनुभएका ईलामेलीहरूको उपस्थिति थियो ।

नेपाली राजदुताबास लन्डनबाट प्रतिनिधित्व गर्दै रामबाबु नेपाल सो कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा पाँचथर समाज, ताप्लेजुङ समाज, तेह्रथुम समाज बेलायतका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा ईलाम समाज बेलायतलाई बिभिन्न माध्यमबाट चिनाउन महत्वपूर्ण भूमिका खेल्न हुने साथै अध्ययनमा उच्च शिक्षा हासिल गर्ने नवपुस्ताका नानीबाबुहरूलाई कदर पत्र र सम्मान प्रदान गरियो । जसमा नेपालबाट बेलायतमा पारिवारिक भ्रमणमा आउनु भएका ईलामका वरिष्ट गीतकार बुद्धवीर लामालाई गीति सृजनामार्फत ईलामलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा ईलाम समाज बेलायतका अध्यक्ष टेकबीर राईले खादा ओढाएर सम्मान गर्दै सम्मान पत्र हस्तान्त्रण गर्नुभयो ।

यसैगरी सन् २०२२ र २०२३ मा उच्च शिक्षा हासिल गर्ने हाल रेडिंगमा बसोबास गर्दै आउनु भएका बिष्णुकुमार गुरुङ र गेषमाया गुरुङको सुपुत्र बिवश गुरुङले युनिभर्सिटी अफ एबरडीनबाट इकोलोजी कन्जरभेसन विषयमा एमएस्सी, गीतकार उमाकान्त गुरुङ र रूकुमाया गुरुङको सुपुत्री प्रिस्टिना गुरुङले युनिभर्सिटी अफ पोर्टस्मथबाट क्रिमिनोलोजी एण्ड फरेन्सिक स्टडिजमा बीएस्सी,हर्क गुरुङ र बिनिता गुरुङको सुपुत्र उमंग गुरुङले युनिभर्सिटी अफ पोर्टस्मथबाट सफ्टवेयर इन्जिनियरिङमा बीएस्सी अनर्स र चन्द्र राना मगर र मुना राना मगरको सुपुत्र निखल राना मगरले किङ्ग्सटन युनिभर्सिटी लण्डनबाट बिज्नेस आन्टप्रेनरसीपमा डिग्री हासिल गर्नु भएकोमा कदर पत्र प्रदान गरिएको थियो।

त्यसरी नै खेलकुदतर्फ ईलाम र नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा लोकबन्धु गुरुङ र सुवाष राईलाई समाजका अध्यक्ष टेकबीर राईले खादा ओढाई सम्मान र सम्मान पत्र हस्तान्तरण गरिएको थियो।

अपौचारिक कार्यक्रमकै क्रममा नेपाली दुताबास लण्डनबाट प्रतिनित्व गर्दै पाल्नु भएका प्रमुख अतिथि रामबाबु नेपालले ईलाम समाज वेलायतको आतिथ्यताको निम्ति हार्दिक धन्यबाद ब्यत गर्दै भविष्यमा संस्थालाई अझै सफलता मिलोस् भन्ने शुभकामना दिनु भयो । यसै क्रममा अपौचारिक कार्यक्रमलाई समापन गर्दै समाजका अध्यक्ष टेक बीर राईले सम्पूर्ण अतिथिहरू लगायत उपस्थित महानुभवहरू साथै संस्थाका सदस्यहरूलाई कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका निभाएकोमा धन्यबाद ब्यक्त गरे।

अपौचारिक कार्यक्रमको समापन पछि गायक तथा संगीतकार चोक गुरुङ र गायक भुपाल राईले बार्षिक भेलामा उपस्थित सम्पूर्णलाई सांगितिक प्रस्तूति मार्फत मनोरन्जन दिलाएका थिए।

यस कार्यक्रमलाई महासचिव यम गुरुङले सन्चालन गर्नुभएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष धन राईले राख्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री