बेलायती खुद्रा बिक्रेता ‘विल्को’ बन्द हुने अवस्थामा

लण्डन । उच्च मुद्रास्फीति र ब्याज दरले उपभोक्ता र व्यवसायलाई असर पुर्याएको जनाउँदै बेलायती घरेलु सामान कम्पनी ‘विल्को’ले बिहीबार आफू धराशायी हुने खतरा रहेको घोषणा गरेको छ ।
समूहले लगभग ४०० पसलहरू र अनलाइन सेवामार्फत साना घरेलू सामानहरूसहित सरसफाई र बगैंचा निर्माणका लागि आवश्यक सामानहरू बिक्री गर्दै आएको छ ।
तत्कालका लागि समूहमा कार्यरत पुरानो नेतृत्वको स्थानमा नयाँ प्रशासक नियुक्त गर्ने र सेवालाई सुसङ्गठित गर्ने आफ्नो योजना रहेको घोषणा गरेको छ । यद्यपि, विल्कोका कर्मचारीहरू भने नयाँ नेतृत्वले व्यवसायलाई पुनः जीवित गर्न सफल हुनेमा शङ्का व्यक्त गरेका छन् ।
नयाँ नेतृत्वले आर्थिकरूपमा सङ्कटग्रस्त कम्पनीले व्यवसायको सेवालाई बचाउन बाह्य विशेषज्ञतालाई आह्वान गर्नसकिने पनि बताएको छ ।
विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले एक विज्ञप्ति जारी गर्दै नयाँ प्रशासकहरूलाई नियुक्त गरिने निर्णय भएको बताउनुभयो ।
“हामीले सामना गरिरहेको बढ्दो नगद दबावलाई ध्यानमा राख्दै संस्थाको उद्धारका लागि उपलब्ध समयमा आवश्यक तरलतालाई प्रत्याभूत गर्न नेतृत्व प्रतिवद्ध रहने छ,”उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री