नेपालका लागि बेलायती राजदुतले बुझाए राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि संयुक्त अधिराज्यका नयाँ राजदुतले आफ्नो ओहोदाको प्रमाण पत्र प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति भवनमा विहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष नेपालका लागि संयुक्त अधिराज्यका नवनियुक्त आवासीय राजदूत रोवर्ट डोमिनिक रुसेल फेनले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकृत उपस्थित हुनुहुन्थ्यो ।
यसअघि नवनियुक्त राजदूतलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री