मेडवेका मेयरद्वारा पाँच नेपाली पत्रकार सम्मानित

लण्डन । मेडवे काउन्सिलका मेयरबाट बेलायतमा कार्यरत पाँच नेपाली पत्रकारहरु सम्मानित भएका छन् ।
बुधबार काउन्सिलको कार्यालय गन ह्वार्फमा आयोजित कार्यक्रममा मेयर नीना गुरुङले ती पत्रकारहरुलाई सम्मानपत्र प्रदान गरेकी हुन् ।
यसरी सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष तथा वीनेपाली डटकमका सम्पादक नरेश खपाङ्गीमगर, गोर्खामिडियाका प्रबन्धक फोटोपत्रकार मिलन तमु र सहसम्पादक प्रकाश गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष तथा टुडेप्रेस डटकमका सम्पादक विश्वासदीप तिगेला र नेपालखबर डटकमका बेलायत सम्वाददाता प्रजय शुक्ल रहेका छन् ।
उनीहरुलाई प्रवासमा लामो समयदेखि जिम्मेवार पत्रकारिता गरेको साथै समयमै सूचनाहरु सम्प्रेषण गरेकोमा सम्मानित गरिएको हो ।

सो अवसरमा मेडवे काउन्सिलका लिडर भिन्स म्यापल पनि उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री