क्याम्बर्लेमा नेपाली व्यवसायीको लगानीमा खुल्यो सुपरस्टोर र कफीसप

लण्डन । बेलायतको क्याम्बर्लेमा नेपाली व्यवसायीहरूको लगानीमा स्थापित सुपरस्टोर र कफीसपको शुभारम्भ भएको छ ।

प्रिन्सेस वे हाइस्ट्रीटमा अवस्थित दुई व्यवसायको सरेहिथ बरो काउन्सिलका मेयर प्याट टेडरले आइतबार रिबन काटी शुरुवात गर्नुभयो ।

‘एभरेष्ट वर्ल्ड फुडस’ नाम गरेको सुपरस्टोर र ‘एभरेष्ट स्पेशियालिटी क्याफे’ नाम दिइएको कफीसप बेलायतका व्यवसायीहरु एबी गुरुङ, सूर्य गुरुङ, लक्ष्मण तामाङ र नारायण केसी निर्देशक रहेको एभरेष्ट क्यास एण्ड क्यारी समूहले सन्चालनमा ल्याएको हो ।

सुपरस्टोरमा नेपालीका साथसाथै चिनियाँ, भारतीय, कोरियन लगायत विभिन्न किसिमका खाद्यवस्तु उपलब्ध हुनेछन् भने क्याफेमा कफी, चिया, बबल टी, स्याण्डबीच र वेकरीका खानेकुरा पाइनेछन् । क्याफे स्थापना गर्न र कर्मचारीहरूलाई तालिम दिनमा युके लाटे च्याम्पियन धन तामाङको भूमिका रहेको बताइएको छ ।

एभरेष्ट क्यास एण्ड क्यारी समूहले बेलायतका विभिन्न ग्रोसरीहरूमा थोक मूल्यमा सामग्री उपलब्ध गराउनुका साथै केही खुद्रा ग्रोसरी पसलहरू पनि सन्चालन गर्दै आएको छ ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री