गोरखाहरुका बारेमा राष्ट्रियसभामा सर्वदलीय समिति

लण्डन । गोरखा भूतपूर्व सैनिकहरूका बारेमा आवाज उठाउन राष्ट्रिय सभामा सर्वदलीय समिति गठन गरिएको छ ।

सुरेश आलेमगरको संयोजकत्वमा गठित सो समितिमा रामचन्द्र राई सचिव रहेका छन् भने सदस्यहरूमा जयन्ती राई, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, दुर्गा गुरुङ र शेखरकुमार सिंह रहेका छन् ।

सो समितिले गोरखा भूतपूर्व सैनिकहरूमाथि सदियौँदेखि हुँदै आएको भेदभावको अन्त्यका लागि अहिले दुई सरकारका बीच भइरहेको वार्तामा नेपाल सरकारलाई दबाब सिर्जना गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री