एनआरएनए यूके अध्यक्ष गाहामगरले बुझाए डेलिगेट्स लिष्ट

काठमाडौं । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले आरआरएनए विश्वसम्मेलनमा भाग लिने यूकेको डेलिगेट्स लिष्ट परराष्ट्र मन्त्रालयमा बुझाएका छन् । 

मंगलबार परराष्ट्र मन्त्रालय पुगेर उनले गैर आवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधनसहित) बमोजिम २० हजार ७०७ सदस्यहरुमध्येबाट २३६ जनाको नाम बुझाएका हुन् । 

उनले पत्रमा ११ औं अधिवेशन तथा विश्व सम्मेलनका लागि आफू नेतृत्वको नाम स्वीकार गर्न मन्त्रालयसमक्ष अनुरोध गरेका छन् ।  

डेलिगेट्सका नामसहित परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै लेखिएको पत्रमा अध्यक्ष प्रेम गाहामगरले आफू २२ जुलाईमा सम्पन्न संघको ११ औं वार्षिक साधारणसभामार्फत २० हजार ७०७ जना सदस्यहरुको सर्वसम्मतिमा सन् २०२३-२०२५ का लागि अध्यक्ष निर्वाचित भएको पनि स्मरण गराएका छन् । 

उनले अघिल्लो कार्यसमिति २०२१-२०२३ मा पनि ११ हजार ३६३ पञ्जीकृत सदस्यहरुबाट अध्यक्ष निर्वाचित भएको उल्लेख गरेका छन् ।

गत २६ अगष्टमा सम्पन्न कार्यकारी समितिको तेश्रो बैठक (भर्चुअल) ले डेलिगेट्सका नाम तय गरेको थियो । 

अध्यक्ष गाहामगर डेलिगेट्सका नाम बुझाउन एनआरएनए केन्द्रिय कार्यालय समेत गएका थिए । तर आइसीसी अध्यक्ष डा. बद्री केसी नभेटिएका कारण सिइओको सल्लाह बमोजिम इमेलमार्फत लिष्ट केन्द्रमा बुझाएको गाहामगरले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री