बेलायत आइपुगे महानायक राजेश हमाल

लण्डन । नेपाली सिनेजगतका लोकप्रिय नायक राजेश हमाल बेलायत आइपुगेका छन् ।

विदेशमा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्न र नेपालीहरुको कथा सुन्न उनी बेलायत आएका हुन् ।
शनिवार राति लण्डन आइपुगेका हमाल एक महिना बेलायतमा रहनेछन् । उनले बेलायत वसाइका क्रममा विभिन्न ठाउँमा फरक पेशा ब्यवसायमा संलग्न नेपालीहरुलाई भेट्नेछन् र उनीहरुको कथा सुन्नेछन् ।
हमालले बेलायतमा रहेका धेरै नेपालीहरुलाई उनीहरुको कार्यक्षेत्रमै गएर भेट्ने र उनीहरुको भोगाइ तथा अनुभवबारे बुझ्ने प्रयास गर्नेछन् । महानायक हमाल केही च्यारिटी कार्यक्रममा समेत सहभागी हुनेछन् । लगत्तै यही सिलसिलामा उनी युरोपका विभिन्न देशहरु पनि पुग्नेछन् ।
विदेशमा रहेका नेपालीहरुको कथा सुन्ने र विशेष टेलिभिजन सिरिज ल्याउने उद्घोष गरेका अभिनेता हमालले सोही अभियानको प्रारम्भिक चरणमा बेलायत र यूरोपका विभिन्न देशहरुको भ्रमण गर्न लागेका हुन् । उनले विदेशमा बसेर विभिन्न क्षेत्रमा राम्रो सफलता पाएका नेपालीहरुको कथा आम नेपालीमाझ ल्याउनु आवश्यक रहेको र उनीहरुको सकारात्मक कथा धेरैका लागि प्रेरणादायी हुने बताएका छन् ।

त्यतिमात्रै नभएर उनीहरुसँग भएको अनुभव र दक्षतालाई नेपालसँग जोड्नुपर्ने र त्यसबाट देशले कसरी फाइदा लिने भन्नेतर्फ सोच्नुपर्ने पनि बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री