गोरखासम्बन्धी प्राविधिक समितिको वार्ता सेप्टेम्बर ११ मा

वार्ताको फाइल फोटो

लण्डन । गोरखा भूतपूर्व सैनिकहरूको मागहरूका बारेमा नेपाल तथा बेलायत सरकारबीच भइरहेको सरकारस्तरीय वार्ताअन्तर्गत प्राविधिक समितिको वार्ता सेप्टेम्बर ११ मा हुने भएको छ ।

वार्तामा गोरखाहरूको प्रतिनिधित्व गर्नुहुने मेजर रिटायर्ड जुदबहादुर गुरुङका अनुसार सो वार्ता लण्डनस्थित बेलायती रक्षा मन्त्रालयमा हुनेछ । सो वार्तामा नेपालका तर्फबाट उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचारी जर्नेल रत्नबहादुर गोदार थापा सहभागी हुनुहुनेछ भने गोरखा भूतपूर्व सैनिकहरूका तर्फबाट मेजर रिटायर्ड जुदबहादुर गुरुङ र धर्मबहादुर तामाङ सरिक हुनुहुनेछ । वार्तामा सहभागी हुनुहुने एक गोरखा प्रतिनिधिको टुङ्गो विहीबार लगाइनेछ । उता बेलायत सरकारको तर्फबाट पनि विभिन्न मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् ।

गुरुङका अनुसार सो बैठकमा गोरखाहरूको पेन्सन तथा वेल्फेयरका विषयमा छलफल गरिने छ ।   

प्राविधिक समितिको वार्तापूर्व नेपाली राजदुताबास लण्डनमा गोरखा सैनिकजन्य दश वटा संस्थाहरूको मोर्चा जी-१० को बैठक बस्ने अभ्यास छ । जसअनुसार यही विहीबार जी-१० र राजदुतसहित राजदुताबासका अधिकारीहरुको बैठक बोलाइएको छ ।

बिहान साढे ११ बजेदेखि साढे १२ सम्म सो बैठक बस्ने बताइएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री