तालिमका क्रममा बेलायती सैनिक नविन थापाको मृत्यु

लण्डन । तालिमका क्रममा बेलायती सेनामा कार्यरत नविन थापाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सिक्स रेजिमेन्ट द रोयल लजिष्टिक कर्प्समा कार्यरत ३५ वर्षीय थापाको सेप्टेम्बर २१मा निधन भएको हो । दक्षिणी योर्कसायरस्थित ड्रीफिल्ड तालिम क्षेत्रमा तालिम लिँदालिँदै उनको मृत्यु भएको बताइएको छ ।

सन् २०१९ मा बेलायती सेनामा प्रवेश गरेका थापाले छोटो अवधिमै धेरै प्रगति गरेको मन्त्रालयले बताएको छ ।

उनी आधारभूत तालिम सकिएपछि वर्दी डाउन विन्चेष्टरमा लजिष्टिक स्पेशलिष्ट तालिमका लागि खटाइएका थिए । सन् २०२० मा उनी योर्कसायरमा खटाइएका थिए । सैन्य सेवाको छोटो अवधिमा उनी साइप्रसमा संयुक्त राष्ट्रसंघको शान्तिसेनामा पनि खटिएका थिए भने कोभिड १९ का क्रममा राष्ट्रिय टोलीमा पनि परेका थिए । यसबाहेक केन्य र ओमानमा पनि उनी पठाइएका थिए । हालै मात्र उनले स्पेनमा तालिम सकाएका थिए ।

उनी भलिबल र ब्याडमिन्टन खेलाडी पनि थिए ।    

प्रतिक्रिया

सम्बन्धित सामाग्री