बेलायतले युक्रेनमा सेना परिचालन गर्न सक्ने !

लण्डन । बेलायती रक्ष मन्त्री ग्रान्ट साप्सले युक्रेनी सैनिकहरुलाई तालिम दिनका लागि बेलायतले बेलायती सेना युक्रेन पठाउन सक्ने बताएका छन् ।
सत्तारुढ कन्जरभेटिभ पार्टीको सम्मेलनको पूर्वसन्ध्यामा द टेलिग्राफलाई दिएको अन्तर्वार्तामा उनले यसबारेमा बेलायती सेनाका प्रमुखहरुसित र युक्रेनका राष्ट्र्पतिसँग छलफल गरेको जानकारी दिएका छन् ।
अहिले बेलायती सेनाले युक्रेनी सेनालाई बेलायतमै तालिम दिइरहेकोमा सो तालिमलाई अझै नजिकको स्थानमा दिलाउन र सकेसम्म युक्रेनी भूमिमै दिलाउने आफूले प्रयास गरिरहेको उनले बताएका छन् ।
युक्रेनी सेनामा बेलायती नागरिकहरु लड्दै आएको भए पनि औपचारिक रुपमा बेलायती सेना नै परिचालन भने भएको छैन । यदि साप्सको योजना लागू भएमा पहिलोपटक युक्रेनको लडाइँमा बेलायती सेनाको प्रवेश हुनेछ ।
हालसम्म बेलायतले करिब २० हजार युक्रेनी सेनालाई तालिम दिइसकेको बताइएको छ ।
युक्रेनमा लडाइँ शुरु भएपछि नाटोका सदस्य राष्ट्र्हरुले युक्रेनबाट तालिम हटाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री