रस्मूर वेल्लेस्ले दौडमा करिब ७०० जना सहभागी

लण्डन । ग्रेटर रस्मूर नेपाली कम्मुनिटी र ब्ल्याकवाटर भ्याली रनर्सको संयुक्त आयोजनामा शनिबार सम्पन्न रस्मूर वेल्लेस्ले दौडमा करिब ७०० धावकले भाग लिएका छन् ।
दश किलोमिटर ९टेन के० र दुई किलोमिटर ९टु के० गरी दुई समूहमा दौड गराइएको थियो । १० केतर्फ ६२० जनाले भाग लिएका थिए भने २ केमा १०० जनाभन्दा बढीले भाग लिएका थिए ।
१० के दौडमा नेपाली मूलका सन्देश राई प्रथम भए भने म्याथु किङ्ग द्वितीय र रिचर्ड विलियम तृतीय भए । राई यसअघि पनि सो दौडमा उपविजेता भइसकेका थिए ।
रसमुरमा यो दौड विगत आठ वर्षदेखि हुँदै आएको छ।
१० केतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार पनि दिएको थियो।
१० के दौड प्रतियोगितामा भाग लिन घ्२० र टिकटको लागि छुट्टै घ्२ तिर्नु पर्थ्यो भने २ के निशुल्क थियो ।
दौडमा नेपालीहरुको बाक्लो र धेरै युवाहरुको सहभागिता थियो भने २ के मा बयोवृद्ध बाबा आमाहरुले पनि भाग लिएका थिए ।
जीआरएनसीले मार्शलको जिम्मा, साइन टाँस्ने र ब्ल्याकवाटर भ्यालीलाई सहयोग गरेको थियो।
मार्शल टीमको संयोजन उपाध्यक्ष उत्तरबहादुर गुरुङले गरेका थिए भने कार्यसमिति, सल्लाहकार, युवाहरु र पेन्सनर बाबाआमाहरुले सहयोग गर्नु भएको थियो।
स्वयंसेवकहरूलाई निसुल्क खाना प्रायोजन कार्यसमिति सदस्य सुषमा गुरुङ र पूर्व अध्यक्ष रोहित गुरुङले गर्नुभएको थियो।
जीआरएनसीका अध्यक्ष मन गुरुङले सबैको सहयोगको लागि आभार प्रकट गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री