मध्यपूर्व र यूरोपमा चुनावी अभियान सकेर फर्किए सापकोटा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा मध्यपूर्व र युरोपेली देशहरुको भ्रमण पूरा गरी आइतबार कर्मभूमि बेलायत फर्किएका छन् ।

डेलिगेट्सहरुसँग प्रत्यक्ष भेटेर उनीहरुका कुरा सुन्न र आफ्ना प्रतिवद्धता प्रस्तुत गर्न सापकोटा भ्रमणमा निस्किएका थिए ।

उनी बहराइन, दुबई, कुवेत, बेल्जियम, फ्रान्स, स्पेन, पोर्चुगल, माल्टा र डेनमार्क हुँदै बेलायत फर्किएका छन् ।

भ्रमणका क्रममा सापकोटाले मतदातासमक्ष आफ्ना ऐक्यवद्धता प्रस्तुत गर्दै उनीहरुबाट सुझाव सल्लाह लिए । नेतृत्व पंक्तिले निर्वाह गर्नुपर्ने जिम्मेवारी र गैरआवासीय नेपालीका अपेक्षा के छन् त्यसबारे पनि सापकोटाले विचारविमर्श गरेका थिए । आफूले भ्रमण गरेका देशका डेलिगेट्सहरुबाट पूर्ण साथ र हौसला पाएको उनले बताए ।

‘चाहना भएर पनि म धेरै साथीहरुसँग पुग्न सकिनँ । तर तपाईंहरुले हामीप्रति देखाउनुभएको नैतिक र भावनात्मक समर्थन मेरा लागि अमूल्य छ’, उनले भने, ‘मैले भेट्न नसकेका डेलिगेट्स साथीहरुलाई पनि म यही समाचारमार्फत मलाई मत दिएर एकपटक नेतृत्वमा आउन सहयोग गरिदिनु हुन अपिल गर्दछु’, उनले भने।

सापकोटाले आउंदो शुक्रबार नेपाल पुग्ने योजना बनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री