पासा पुचः गुथी युकेद्वारा ‘मोहनी’ पर्व आयोजना

लण्डन । पासा पुचः गुथी युकेले बेलायतमा ‘मोहनी’ पर्वको आयोजना गरेको छ ।
ह्यारो फुटबल क्लव, लण्डनमा अक्टोबर १५ मा आयोजना गरिएको सो समारोह ‘म्यूजिक, मस्ती र मोहनी’ अवधारणामा मनाइएको थियो । समारोहमा महिलाहरुले हाकुपटासीको विम्वका रुपमा कालो र रातो कपडा लगाएका थिए ।
करिब १०० जनाको उपस्थिति रहेको सो समारोहमा गुथीका ज्येष्ठ सदस्य श्रीमती रेणु मानन्धरले आर्शिवाद दिएकी थिइन् । समारोहमा टीका, कोखा, समयबजी, छोयला, बारा, अचार, अण्डा, बजी लगायतको परम्परागत नेवारी परिकारहरु उपलब्ध गराइएको थियो ।
गुथीले पहिलोपटक ‘डिनर र डान्स’को आयोजना गरेको जनाएको छ । चर्चित गीतका साथमा डिजे हेम विष्टले समारोहलाई उर्जाशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा पुरुष र महिलातर्फ उत्कृष्ट नृत्यकारहरुका साथै राम्रो लुगा लगाउने महिला र पुरुष, राम्रो लुगा लगाउने बालक र बालिकालाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा गुथीका बोर्ड अफ डाइरेक्टरका अध्यक्ष सुशील प्रजाति तथा गुथीका अल्डरसटका महासचिव प्रजेश श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
आयोजकले उपस्थित सबैलाई धन्यवाद दिएका छन् । जसमा गीत तथा नृत्य प्रस्तुत गर्नेमा श्याम मानन्धर, शशी मानन्धर, दिनश तुलाधर, ईश्वर श्रेष्ठ, सन्नी शाही, अमृता गिरी, सबु सेन्चुरी, गीता पाण्डे, रोशना कार्की, आस्था जोशी रहेका छन् ।
यस्तै प्रायोजकहरुमा रेणु मानन्धर, श्याम मानन्धर, सुशील प्रजापति, फोटोग्राफर आशिष श्रेष्ठ, डिजे हेम विष्ट, निर्णायकहरु शशी मानन्धर, श्याम मानन्धर, सचेतन तुलाधर रहेका छन् । खाद्यतर्फ मन्दिरा मानन्धर, रुक्मिणी मानन्धर, अमिता श्रेष्ठ, पब्लिका श्रेष्ठ, एन्जिला श्रेष्ठ, मधुसुदन कायस्थ, ओजेश डंगोल, आस्था जोशीm लिसा दली श्रेष्ठ, सन्दिप तुलाधर र किरण मानन्धर रहेका छन् भने स्वयंसेवकहरुमा पवित्रा तुलाधर, मेनका श्रेष्ठ, लसता तुलाधर, जीत मानन्धर, ससित श्रेष्ठलाई पनि धन्यवाद दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री