डार्टफोर्ड गोरखा नेपाली कम्युनिटीले मनायो दशैँ तिहार

लण्डन । ब्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्ड युकेद्वारा विसं २०८० सालको नेपालीहरुको महान चाड बडादशैँ एवम् शुभदिपावली देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

१४ अक्टोबर २०२३ शनिबारको दिन केन्टको डार्टफोर्डस्थित ग्लेनवर्थ एक्ससर्भिस सोसल क्लवको सभाहलमा आयोजित सो कार्यक्रम कम्युनिटीका अध्यक्ष हेमा गुरुङ रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा सो क्षेत्रबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्ने सांसद ग्यारेथ जोन्सन हुनुहुन्थ्यो भने विशेष अतिथिमा डार्टफोर्डकी मेयर रोसना कुरान्स हुनुहुन्थ्यो।

अन्य विशिष्ठ अतिथिहरुमा डार्टफोर्ड काउन्सिलका लिडर जेरेमी काइट काउन्सिलर पिटर ह्वापसोट कम्युनिटीका मानार्थ सदस्य माइकल ताङ र ब्यारी आडम्स, नर्थफ्लिट कार्निभल कमिटी उपाध्यक्ष सेलर टाइलर, ग्लेनवर्थ एक्ससर्भिस सोसल क्लवका अध्यक्ष बिल डेभिडसन हुनुहुन्थ्यो।

अतिथिहरुमा कम्युनिटीको संस्थापक अध्यक्ष कुल घले, प्रमुख सल्लाहकार गणेश राना, पूर्व अध्यक्ष तिलक राई, सल्लाहकार नरेश खपाङ्गीमगर, सल्लाहकार एक गुरुङ, सल्लाहकार मनबहादुर गुरुङ हुनुहुन्थ्यो।

कम्युनिटीको महासचिव दिब्या गुरुङले सञ्चालन गर्नु भएको कार्यक्रममा सेप्टी व्रिफिङ मन्तब्य सचिव लोकजित राष्कोटीले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष कृष्ण थापाले दिनु भएको थियो।

प्रवेशद्वारमा ईन्ट्री दर्ता कोषाध्यक्ष हिमकला थापाको आर्थिक विभाग टिमले गर्नु भएको थियो।

कम्युनिटीको अध्यक्ष हेमा गुरुङ राना र प्रमुख अतिथि युके सांसद ग्यारेथ जोन्सनद्वारा बडादशैँ एवम् शुभदिपावली कार्यक्रमको उदघाटन् संयुक्त रुपमा पानसमा बत्तीमा बाली गरिएको थियो।

देउसी भैलो कार्यक्रममा उपस्थित पाहुनाहरुलाई कम्युनिटीको चेलीवेटीहरु ऐेश्वर्या राना,ऐसिका आङदेम्वे, अन्सिका आङदेम्वे,प्रिती थापा, लुईसा रास्कोटीले खदा ब्याज मखमली र सयपत्री फूलको माला लगाई दिई स्वागत गरेका थिए।

किवी गुरुङले नेपालीहरुको महान चाड बडादशैँ एवम् शुभदिपावलीको बारेमा उपस्थित पाहुनाहरुमाझ आफ्नो मन्तव्यबाट प्रष्ट पारेकी थिइन् भने कलाकार विभागका सदस्य कलाकार दीक्षा गुरुङ,छुना गुरुङ, दिपा गुरुङ, समीक्षा गुरुङ, सुजिता राना,प्रविन राना, टेसाङ गुरुङ,गौरव मगर द्वारा विभिन्न नेपाली सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा बालकलाकार प्रन्सु रानाले उत्कृष्ट नृत्य प्रस्तुत गरेर सबै पाहुनाहरुको मन जित्न सफल भई सबैबाट आशिर्वादसहित केही उपहार पनि प्राप्त गरेका थिए।

सो कार्यक्रममा विभिन्न विषयमा अध्ययनको साथै डेन्टल नर्सिङ पास गर्नु भएका हेमा गुरुङ रानासहित आर्मीमा भर्ती हुनु भएका ईन्द्र बहादुर राना र एयरक्राफ्ट टेक्निसियन प्रकाश गुरुङ लगायत विभिन्न क्षेत्रमा दक्षता हासिल गर्नु भएका साथै बिजीएनसी कम्युनिटीको आजीवन सदस्य ग्रहण गर्नु हुने नरेश खपाङ्गी र कमला, राना, प्रेम राना र विना राना, प्रदिप गुरुङ र दीपा गुरुङ सहित कम्युनिटी सदस्य बन्नु भएका श्री शर्मा र जुना शर्मा लगायतका महानुभावहरुलाई कम्युनिटीको अध्यक्ष हेमा गुरुङ राना एवंम् प्रमुख अतिथि सांसद ग्यारेथ जोनसनले खादा लगाई सम्मान तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो।

प्रमुख अतिथि सांसद ग्यारेथ जोन्सनले बडादशैँ तथा‌ शुभदिपावलीको सुखद उपलक्ष्यमा शुभकामना दिनुहुँदै डार्टफोर्डमा स्थायी रुपमा बसोबास गर्ने गोर्खाली नेपाली परिवारको सदस्यहरु र भूपू गोर्खाहरुको पेन्सन लगायतको विषयमा जिज्ञासा राख्नु भएको थियो।

मन्तब्य दिने क्रममा विशेष अतिथि डार्टफोर्ड मेयर रोसना कुरान्सले बिजीएनसी कम्युनिटीलाई सल्लाह सुझाव गर्नुपर्ने सरसहयोग काउन्सिलतर्फबाट गर्ने बताउनु भएको थियो।

शुभकामना मन्तब्य दिने क्रममा विशिष्ठ अतिथिहरु काउन्सिल लिडर जेरेमी काइट, काउन्सिलर पिटर ह्वापसोटले डार्टफोर्ड क्षेत्रमा बिजीएनसी कम्युनिटीको तर्फबाट पहल गरिएको दुईवटा विषय गोर्खाली नेपाली परिवारहरुको छुट्टै सिमेन्ट्री स्थानको ब्यवस्था र बेलायतको तर्फबाट दोश्रो विश्वयुद्ध लडी भिसी प्राप्त गरेका महान भिसीहरुको उच्चतम सम्मान गर्दै सम्झनास्वरूप भिसीको प्रतिमा डार्टफोर्ड सेन्ट्रल पार्कको मूलद्वारमा  स्थापना गर्ने सम्बन्धमा ब्रिटिश गोर्खा नेपाली कम्युनिटी डार्टफोर्डलाई आर्थिक नैतिक रुपमा‌ हरतरहले सहयोग गर्ने वचनवद्धता गर्नु भएको छ।

कार्यक्रममा उपस्थित पाहुनाहरु र सहभागी मानुभावहरुलाई मीठो भोजन पस्केर दिनको निम्ति खाद्य ब्यबस्थापन प्रमुख योगेन आङदेम्वेले खानपानको ब्यबस्थापनमा विभिन्न भेराईटीका मीठा मीठा चौरासी व्यञ्जनका परिकारको साथमा तिहारको तातात्तो सेलरोटीको ब्यवस्था भिन्न तरिकाले गर्नु भएको थियो।

कार्यक्रमका अतिथि पाहुनाहरुलाई पेयपदार्थको ब्यबस्थापन प्रमुख उपप्रमुख तारा पुलामी र गनिराम घलेले गर्नु भएको थियो।

डार्टफोर्डसहित डार्टफोर्ड वरपरका विभिन्न ठाउँमा वसोवास गर्नु हुने बिजीएनसी कम्युनिटीको सम्पूर्ण सदस्य महानुभावहरु आमावुवा दाजुभाई दिदीवहिनीहरुको बृहत उपस्थितिमा वर्ष दिनको चाडको रुपमा देउसी भैलो खेल्नको निम्ती मादलमा भक्त राई साथ दिनु भएको थियो भने गणेश राना,श्री शर्मा, तिलक राई, रेखा पुलामीले पालैपालो देउसी भट्याउनु भएको थियो भने कम्युनिटीको दिदीबहिनीहरु र दाजुभाइहरुले देउसुरे भनि साथ दिनुभएको थियो ।

बीच भागमा फूल अक्षता दीयो कलश बत्ती फलफूल सेलरोटीले सजाईएको नाङ्लोमा देउसी भैलो कार्यक्रममा उपस्थित सबै महानुभावहरुले देउसी खेल्न सहभागी भई नाच्दै गाउँदै आ-आफ्नो मनबाट सकेसम्मको दानदक्षिणा प्रदान गर्नुभएको थियो।

देउसी भैलो कार्यक्रम सकेपश्चात भरपूर रुपमा मनोरञ्जनात्मक संयुक्त ककटेल डान्स शुरु भएको थियो भने रातिको ११ बजेतिर‌ कम्युनिटीको अध्यक्ष हेमा गुरुङ रानाद्वारा कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भब्यरुपमा सफल बनाउनमा प्रत्यक्ष रुपमा सहभागी भई अहम् भूमिका निर्वाह गर्नु हुने कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु कार्यसमितिका सदस्यहरु कार्यसमितिका सल्लाहकारसहित कम्युनिटीको सबै सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा उपस्थित भएर कार्यक्रमको उच्च शोभा बढाई दिनुहुने पाहुनाहरु लगायत सबै महानुभावहरुलाई हार्दिक आभार ब्यक्त गर्दै वि सं २०८० सालको बडादशैँ एवम् शुभदिपावली कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो।

जीआर मास्की

प्रतिक्रिया

सम्बन्धित सामाग्री