एनआरएनए युके गाहा समूहले शेष घलेको नेतृत्वमा भूकम्प पीडितलाई सघाउने

लण्डन । प्रेम गाहा मगर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले गत शुक्रबार राति आएको भूकम्पमा प्रभावितहरूका लागि सहयोग संकलन शुरु गरेको छ ।

यसका लागि गोफन्डमीमा सहयोग संकलनको खाता समेत खोलिएको छ ।

गाहामगरका अनुसार एनआरएनए युकेले यसबाट संङ्कलित सहयोग एनआरएनएका पूर्व अध्यक्ष तथा डा. शेष घलेको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन सहयोगका लागि प्रदान गरिने छ ।

एनआरएनए युकेले यस आपतकालिन अवस्थामा सहयोग गर्न सबैमा अपील गरेको छ । सहयोग गर्न चाहनेहरूले https://gofund.me/bc08f329 मा गई सहयोग गर्नसक्नुहुनेछ । 

शुक्रबार राति नेपालको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

एनआरएनए यूकेले सो घटनाबाट आफू अत्यन्त दुःखीत भएको बताउँदै भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री