गोर्खा पदयात्रा जुन २ मा

लण्डन । यसवर्षको गोर्खा यात्रा (गोर्खा वाक) आसफोर्ड केन्टमा आइतबार २ जुनमा आयोजना गरिएको छ ।
ग्रेट चार्ट प्लेइङ फिल्ड,आसफोर्ड, केन्टमा हुने सो वाकमा ६ किलोमिटर वाक र १३ किलोमिटरको दौड हुनेछ । १३ जना भिक्टोरिया क्रस विजेता गोर्खा वीरहरूको सम्झनामा १३ किलोमिटरको यात्रा तय गरिएको हो ।
गोर्खा पिस फाउण्डेसनले विगत ११ वर्षदेखि हरेक वर्ष निरन्तर रुपमा सो वाकको आयोजना गर्दै आएको छ । वाकमा बेलायतमा बसोबास गर्ने नेपाली समुदाय, विशेषगरी गोर्खा परिवारहरू ठूलो उत्साहका साथ सहभागी हुँदै आएका छन् ।
गोर्खा वाकले नेपाली समुदायलाई मात्र नभई स्थानीय बेलायती समुदायलाई पनि एकतामा बाँध्ने माध्यमको काम गरेको छ । यो कार्यक्रमले समाजमा मित्रता र सहयोगको भावना बढाएको आयोजकको भनाइ छ ।
वाकमा भाग लिनका लागि अझै पनि स्थान बाँकी रहेको र भाग लिन चाहनेले गोर्खा पिस फाउण्डेसनको वेभसाइटमा गई नाम दर्ता गर्न सकिने छ ।
वाकबाट उठेको सहयोग पूर्व गोर्खाहरुलाई सहयोग गर्दै आएको परोपकारी संस्था गोर्खा पिस फाउण्डेसनमा जानेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री