‘कुराकानी’ले १०० श्रृंखला पार गर्यो

लण्डन । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) को संयोजनमा चलिरहेको कुराकानी कार्यक्रमले १०० औँ श्रृंखला पार गरेको छ ।
सो अवसरमा जीआरएनसीले कार्यक्रममा सहयोग पुर्याउने व्यक्तिहरुलाई प्रमाण पत्र र खादाद्वारा सम्मान गरिएको छ ।
कार्यक्रमको जन्मदाता जीआरएनसीकी उपाध्यक्ष मेन्टल हेल्थ नर्स सुष्मा गुरुङ र निरन्तर सहयोग पुर्याउँदै आउनुभएका जीआरएनसीका उपाध्यक्ष डा विशाल गुरुङप्रति र प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सम्पूर्णलाई अध्यक्ष मन गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रम संयोजक उपाध्यक्ष सुष्मा गुरुङले हेल्थ एण्ड सेफ्टीबाट र कार्यक्रम उपसंयोजक उपाध्यक्ष डा विशाल गुरुङले स्वागत मन्तब्य दिनु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुले आफ्नो मन्तब्य राख्नु भएको थियो भने अध्यक्ष गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।
उक्त कुराकानी कार्यक्रम चलाउन संचालकद्वयले दुई वर्ष बिना पारिश्रमिक खट्नुभएको छ । त्यसैगरी स्वास्थ्यविज्ञहरुले पनि कार्यक्रममा उपस्थित भएर विभिन्न जिज्ञासाको जवाफ बिना शुल्क दिनुभएको छ । वयोवृद्ध आमाबाबा र सम्पूर्ण सरोकारवालाहरुको प्रतिक्रिया, विचार र सहयोगले आउने दिनमा पनि श्रृंखला अझ उत्कृष्ट बनाउँदै जानुपर्ने सुझाव पनि सो अवसरमा दिइएको थियो ।
कार्यक्रममा अल्डरसट हेल्थ सेन्टरको मेन्टल हेल्थका लाइन म्यानेजर प्रमुख अतिथि र डाक्टरहरु, नर्स, डेन्टिस्, फार्मेसिस्ट, पोषणविद्, सामाजिक कार्यकर्ता, योग गुरु, सामाजिक अभियन्ता, नेपाली आमा बाबाहरुको कार्यक्रममा उपस्थिति थियो ।
अन्त्यमा अध्यक्ष गुरुंगले शिव कल्चरल एंड कम्युनिटी सेन्ट्रललाई हल उपलब्ध गराइदिनु भएकोमा विशेष धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री