एमाले नेता आचार्य लुम्बिनीको मुख्यमन्त्री नियुक्त

ाठमाडौं ।  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ ।

आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यलाई नियुक्त गर्नुभएको हो ।

कांग्रेससँगको सहमतिअनुसार लुम्बिनीमा एमाले दलका उपनेता आचार्य मुख्यमन्त्री बन्नुभएका हो ।

मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा दिनुभएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि सोमबार साँझ ६ बजेसम्मको समय दिएर आह्वान गर्नुुुभएको थियो ।

एमाले र नेपाली कांग्रेसबीच एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यले दाबी पेश गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री