बेलायतमा व्यवसायी सुमन राई दम्पतीको हिरा पसल सञ्चालनमा


लन्डन । बेलायतवासी व्यवसायी तथा अनुग्रह ज्वेलर्स अल्डरसटका सञ्चालक सुमन राई दम्पतीले हिरा पसल सञ्चालनमा ल्याउनुभएको हो ।

एक समारोहबीच सोमबार सुमन र मुनाको जोडीले अल्डरसटमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ पसल सञ्चालनमा ल्याउनुभएको हो । उक्त पसल स्थानीय मेयर मारा माकुनुरा र अनुग्रहका सन्चालक सुमन राईले रिबन काटेर सप उद्घाटन गर्नुभयो ।

अल्डरसटस्थित ‘अनुग्रह ज्वेलरी’ सुनचाँदी पसलका सञ्चालक सुमन तथा मुनाको यो तेस्रो शाखा हो जहाँ हिरा, मोती, श्वेत सुन तथा अन्य बहुमुल्य रत्नहरु, रोलेक्स, करटीयर जस्ता वहुमुल्य घडी एवं अर्डर बमोजिम आधुनिक सुनचाँदीका गहनाहरु शुपथ मूल्यमा उपलब्ध हुने जनाइएको छ ।

उक्त समारोहमा प्रमुख अतिथि मेयर मारा माकुनुरा, मेयरेस सल माकुनुरा तथा विशेष अतिथिहरु वरिष्ठ चलचित्र निर्माता/निर्देशक मिलन चाम्स, राजा चार्ल्सद्वारा एमबीइ (मेम्बर अफ ब्रिटिश एम्पायर) बाट विभूषित सर सुवास राई रहनुभएको हो ।अन्य अतिथिहरुमा पूर्व काउन्सिलरहरु डेभिड क्लिफर्ड, जीव बेल्वासे, प्रवेश केसी साथै रेभरेन जोर्ज न्यूटन, मान गुरुङ, गेरी स्टाम्प, राजा थापा, लक्ष्मी राई लगायत अरु थुप्रै नेपालीको उपस्थिति थियो।

कार्यक्रममा उपस्थित अथितिहरुले अनुग्रह बुलियन एण्ड डायमण्डलाई व्यवसायिक सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री