मिस नेपाल – २०२४ को ताज आश्माकुमारी केसीलाई

काठमाडौँ । सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज आश्माकुमारी केसीले जित्नु भएको छ ।
हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणअन्तर्गत शनिबार भएको फाइनलमा आश्माले ‘मिस नेपाल वर्ल्ड’को उपाधि उचाल्नुभएको हो । २५ सुन्दरीलाई पछि पारेर विजेता बन्नुभएकी केसीलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गर्नुभयो ।

मिस नेपाल अर्थ सुमना केसी बन्नुभयो भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पार्नुभयो । अन्य विधाहरुमा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्माकुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बन्नुभयो । हरेक विधाका विजेताले २५-२५ हजार नगद पुरस्कार हात पार्नुभयो ।

समारोहमा सन् १९९४ मा पहिलो मिस नेपाल घोषणा हुनुभएकीसुन्दरी रूवी राणाले मिस नेपालले ३० औं वर्षको यात्रा पूरा गरेकोमा शुभकामना व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री